२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तीनकुनेमा महिला र पुरुषको शव फेला

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । काठमाडौंको तीनकुनेमा दुई जनाको शव फेला परेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जना महिला र पुरुषको शव भेटिएको हो ।

ह्वाइट हाउस स्कुल नजिकै अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।

उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट