२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बागलुङ नगर अस्पताल निर्माण अलपत्र: समय सीमा सकिएको तीन वर्षसम्म पनि काम अधुरै

मंगलवार , बैशाख १५, २०८३

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ ।

भवन निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माण अलपत्र परेको हो । दुई वर्षमा काम सकिनुपर्ने भवनको अन्तिम म्याद सकिएपछि पनि तीन वर्ष समय गुज्रेको छ । तर भवनको काम अझै ४५ प्रतिशत बाँकी छ । यो भवन निर्माण गरेर नगरले धौलागिरि अस्पतालको विकल्पका रुपमा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष राखेको थियो ।

२०८० असार २० गते सम्पन्न गर्ने गरी २०७८ असारमा निर्माण कम्पनीले सम्झौता गरी भवन निर्माणको काम थालेको थियो । कम्पनीले दोस्रो पटक थपेको म्याद गत असारमै सकिएको थियो भने तेस्रो पटकको म्याद आगामी असारसम्म छ ।

तेस्रो पटक थपिएको म्यादसम्म अस्पताल भवन निर्माणको काम ५५ प्रतिशत मात्रै छ । दुई वर्षअघि ५० प्रतिशत सकिएको काम २४ महिनायता पाँच प्रतिशत मात्रै थपिएको छ । समयमै काम सक्न ताकेता गरे पनि ठेकेदार पक्षले बेवास्ता गर्दै आएको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले बताए “म्याद थप्ने बेलामा केही कामदार ल्याएर काम गरेजस्तो गर्ने व्यवहारले लक्ष्यअनुसार काम हुन सकेन”, घर्तीले भने ।

पटकपटक म्याद थपेर पनि निर्माण कम्पनीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बेवास्ता गरेको बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल बताउछन् । “कछुवा गतिको कामले घरछेवैमा विशिष्टीकृत सेवा पाउने आशा निराशा परिणत हुँदै गएका छन्”, उनले भने, “ठेकेदारले कर्तव्यबोध नगर्दा गाउँका जनताले दुःख पाए ।”

सङ्घीय सरकारको बजेट साझेदारीमा नगरपालिकाले अस्पतालको भवन निर्माण थालेको हो । अस्पतालको भवन समयमै बनेमा बलेवा क्षेत्रका पैयुँपाटा, नारायणस्थान, अमलाचौरसँगै भकुण्डे, रायडाँडासहित जैमिनी नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।

नगरपालिकाले १५ शय्याको अस्पताल बनाउने गरी रु १२ करोड ८७ लाखमा २०७८ असारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले अहिलेसम्म रु चार करोड ५३ लाख भुक्तानी पाएको लेखा अधिकृत प्रेमप्रसाद शर्माले बताए ।

नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, भवन निर्माण सम्पन्न भएमा एक एमजिडिपी डाक्टर, तीन मेडिकल अफिसर, चार स्टाफ नर्स, चार हेल्थ असिस्टेन्टसहित ३० जना स्वास्थ्यकर्मी पठाएर सेवा दिने तयारी छ । अस्पतालका लागि स्वीकृत दरबन्दी भए पनि भवन निर्माण सम्पन्न नहुँदा माग गर्न नसकिएको खनालको भनाई छ ।

निर्माण कम्पनीका प्रमुख नरेश ओझा पहिलो चरणमा बजेट अभाव हुँदा कामले गति लिन नसकेको बताउनुहुन्छ । नगरपालिकाबाट बजेट भुक्तानी भएमा पर्याप्त कामदार खटाएर काम सम्पन्न गर्न सकिने ओझाको भनाइ छ । नगर उपप्रमुख राजु खड्काले भने अघिल्लो वर्षकै बजेटमा भुक्तानी दिने योजना बनाए पनि निर्माण कम्पनीले कामै नगरेको तर्क गर्छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ