कास्की । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्ष पदका लागि पुण्यप्रसाद (सरोज) सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् ।
पोखरामा जारी महासङ्घको सातौँ महाधिवेशन अन्तर्गत आज हुने निर्वाचनका लागि सिटौलाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको उम्मेदवारीमा महासङ्घका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँर प्रस्तावक रहेका छन् भने निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य समर्थक रहेका छन् ।
यातायात क्षेत्रमा लामो समयदेखि सक्रिय सिटौला हाल महासङ्घको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् । महासङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस