२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘सत्तापक्ष प्रतिपक्षी भन्दा पनि असल भावनाले जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुपर्छ’

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । सांसदहरुले संसदीय समितिप्रति सरकारलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उनीहरुले समितिको कार्यक्षेत्रमा रहेका बिषयहरुमा कार्यकारीलाई जवाफदेही बनाउदै प्रभावकारी रुपमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले बेरुजुका बिषयमा पनि गम्भीर भएर छलफल गर्नुपर्ने बताएका छन् ।

बैठकमा नेकपा सांसद बर्षमान पुनले समितिमा सत्तापक्ष प्रतिपक्षी भन्दा पनि असल भावनाले जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पुराना सवै खराव र नयाँ सवै असल भन्ने भाष्य भन्दा पनि गुण र दोषका आधारमा मूल्याङ्कन हुनुपर्ने धारणा राखे । समितिका कामहरुलाई पारदर्शी बनाउनुपर्ने र सरकारलाई समितिप्रति जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ । उनले जथाभावी खर्च गर्ने प्रवृतिलाई रोक्नका लागि पनि समिति गम्भीर हुनुपर्ने बताए । 

बैठकमा रास्वपा सांसद इन्दिरा रानाले मुलुकमा देखिएका बित्तिय समस्याहरु अहिलेको नभइ यसअघिको सरकारका कारण भएको बताइन् । उनले गलतलाई गलत र सहिलाई सहि भन्न सक्नुपर्ने भन्दै यसअघिको गलत प्रणालीलाई सुधार गर्नुपर्ने उल्लेख गरिन् । 

त्यस्तै बैठकमा सांसद खुस्बु ओलीले पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितताका बिषयमा छलफल हुनुपर्ने बताइन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा पनि यसअघि समितिमा भएका छलफललाई पनि अघि बढाउनुपर्नेमा जोड दिइन् ।

बैठकमा समिति सचिव एकराम गिरीले समितिको कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण गरेका थिए । उनले हालसम्मको जम्मा बेरुजु रकम ७ खर्व ३३ अर्ब १९ करोढ ९ लाख रुपैया रहेको जानकारी समेत गराए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ