काठमाडौं । रास्वपाका सांसद रमेश प्रसाईँले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध अझै मुद्दा दर्ता नभएकोमा आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलन नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा नभएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले जेनजी आन्दोलनका शहीदप्रतिको श्रद्धाञ्जली मुखको औपचारिकता निभाएर मात्रै नहुने भन्दै आफूले प्रतिनिधित्व गर्ने दलको सरकारको व्यवहारबाट पुष्टि गर्नुपर्ने बताए ।
उनले भने, ‘जेनजी आन्दोलनका अभियुक्तद्वय, नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई केले अड्कायो ?’
साथै, उनले उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न प्रमाण पुगेन कि प्राथमिकता पुगेन ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस