काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको नेता गणेश पराजुलीले जानकारी दिएका हुन् । यसअघि पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
पार्टी कार्यालय बनस्थलीमा बसेको बैठकमा आगामी महाधिवेशनसहित विविध संगठनात्मक एजेण्डामाथि छलफल भइरहेको छ ।
यसअघि रास्वपाले चुनाव सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सोहीअनुसार भदौभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था रहेको थियो । रास्वपा २०७९ सालमा स्थापना भएको पार्टी हो ।
प्रतिक्रिया दिनुहोस