२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. वाग्लेले दिने

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ ।

यसअघि नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहेको थियो । तर यसपटक रास्वपा नेतृत्वको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिई अर्थमन्त्रीमार्फत उत्तर दिने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सहमतिमै अर्थमन्त्रीलाई जवाफ दिने जिम्मेवारी दिइएको हो । यसअघि संसद् सचिवालयको कार्यसूचीमा भने प्रधानमन्त्री शाहले जवाफ दिने उल्लेख गरिएको थियो ।

गत वैशाख २८ गते बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ