काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका राम्रा बिषयलाई अघि बढाउन कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेवल कार्यक्रममा सभापति थापाले सरकारको नीति तथा कार्यक्रममा युवा लक्षित राम्रा कुराहरु आएको भन्दै त्यसलाई अघि बढाउन पार्टीले सहयोगी भूमिका निर्वाह गर्ने बताएका हुन् ।
विदेशबाट फर्किएकाहरुको सीपलाई स्वदेशमा नै परिचालन गर्न सरकारले केहि गर्न खोजेको जस्तो देखिएको उनले बताए । सभापति थापाले सरकारले अघि सारेका राम्रा काममा साझा धारणा बनाएर जाने कोशीस गर्ने धारणा पनि राखे ।
त्यस्तै, उनले कुनै पनि कुरा एकैपटक नहुने भन्दै परिवर्तनका लागि सिस्टमबाटै नीति नियम कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस