२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले ल्याएको एमआरपी सम्बन्धी व्यवस्थाप्रति नेपाल उद्योग व्यापार महासंघको सकारात्मक ध्यानाकर्षण

आइतवार , जेठ ३, २०८३

काठमाडौं । सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी सम्बन्धी व्यवस्थाप्रति नेपाल उद्योग व्यापार महासंघले सकारात्मक ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार पत्रकार सम्मेलनमा गर्दै महासंघले बजारमा मुल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उदेश्यले ल्याएको भए सरकारले ल्याएको व्यवस्था स्वागतयोग्य भएको जनाउँदै यसको कार्यान्वयनलाइ व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको जनाएको छ ।

महासंघका अध्यक्ष खिमनारायण पराजुलीले नेपालको बजार, संरचना, साना तथा मझौला व्यवसायीहरुको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियाका व्यवहारिक पक्षलाइ मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रुपमा न्युन विजकलाई निर्मुल गरी व्यवसायीमैत्री बनाएर मात्र सम्भव हुने बताए ।

अहिलेको सरकारले कानुन हातमा लिएर काम गरेको आरोप समेत लगाएको छ । 

व्यवसायीहरुले बजार व्यबस्थापनको नाममा व्यवसायीहरुलाइ अनावश्यक दवाव सिर्जना भएको भन्दै यस्तो अवस्था आए सह्य नहुने चेतावनी समेत दिएका छन् । व्यवसायीमैत्री वातावारण कायम गर्दै उपभोक्ता हित संरक्षण हुने गरी निति कार्यान्वयन गरिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।

सरकारले विभिन्न फर्म छापामारेको भन्दै आपत्ती व्यक्त गर्दै यसले व्यवसायीहरुमा आतंकको स्थिति सिर्जना हुने बताएको छ । महासंघले उद्योगी, व्यवसायी र सरोकारवालाहरुसंग पर्याप्त परामर्श तथा समुन्वय गर्न, कर तथगा बिलिङ प्रणालीलाइ सरल र स्पष्ट बनाउने व्यवस्था गर्न, डिजिटल मुल्य प्रणाली तथा क्युआर र बारकोर्ड प्रणालीको बिकास गर्ने लगायतका व्यवसायीहरुको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ