२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेशप्रति रास्वपाको आपत्ति

सोमवार , जेठ ४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेशप्रति आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले स्वार्थ बाझिने गरि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न दिएको आदेशप्रति आपत्ति जनाएका हुन् । सर्वोच्चको आदेशप्रति रास्वपा सांसदहरुले विरोध जनाएपछि एमालेले भने अदालतमा विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गरेको भन्दै आपत्ति जनाएको छ ।

बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले स्वार्थ बाझिने गरि अदालतको आदेश आएको भन्दै आपत्ति जनाए । उनले अदालतका आफ्ना मर्यादा र सीमा रहने भन्दै अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएको आरोप लगाए । 

त्यस्तै रास्वपा सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीशले नै दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेश कतिको उचित हो भन्दै प्रश्न गरिन् । उनले राजनीति गर्न मन भए कोट खोलेर आउन कामु प्रधानन्यायाधीशलाई सुझाव दिइन् । 

यता एमालेका सांसद ऐन महरले भने अदालतमा विचाराधीन बिषयलाई सदनमा छलफल गर्न नपाउने व्यवस्था रहेको भन्दै रास्वपा सांसदको अभिव्यक्तिप्रति आपत्ति जनाए । 

न्यायाधीश र अदालतको अपमान हुने गरि सदनमा पटक पटक अभिव्यक्ति आइरहेको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए । यसअघि कामु प्रधानन्यायाधीश मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपिठ सोमबार नै निवेदन दर्ता गरेर मंगलबारबा लागि पेसी तोक्न आदेश दिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ