२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मेरो कारणले पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउँदैन : गगन थापा

सोमवार , जेठ ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् । 

सोमबार काभ्रेको धुलिखेलमा कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सभापतिको हैसियले आफुले गर्ने कुनै पनि निर्णयका कारण पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका हुन् । उनले जिम्मेवारीमा बसेको कुनै अर्को नेताका कारण पार्टीका कसैलाई पनि समस्या हुने अवस्था आए सहेर नबस्ने स्पष्ट पारे । 

सभापति थापाले पार्टी सदस्यता अद्यावधिक गर्नै दिन्न भन्ने केहि पार्टीका नेताहरुले भनेको कुरा आफुले बुझ्न नसकेको धारणा राखे । 

त्यस्तै सभापति थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएकाले मुलुकलाई संवैधानिक व्यवस्था अनुसार अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए । बर्तमान सरकार संख्याको आधारमा बरालिने सम्भावना रहेको भन्दै उनले संविधान भन्दा बाहिर गएर सरकार चल्न थाले संविधानको दायराभित्र ल्याउने काम पनि कांग्रेसकै भएको उल्लेख गरे । 

कांग्रेस प्रतिपक्षी भएकै कारण प्रतिक्रिया दिएर भाग्ने सुविधा नरहेको उनले बताए । उनले इतिहासमा कांग्रेसले निर्वाह गरेको जिम्मेवारीलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ