२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

म्याग्दीको मङ्गलामा किसानलाई १ करोडका कृषि औजार वितरण, ३ दिनको काम ३ घण्टामै हुने भएपछि किसान दंग

बुधवार , जेठ ६, २०८३

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ । 

गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा मङ्गलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले १४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर वितरण गरेको जानकारी दिए । 

कृषि कार्यको लागत घटाउन, कृषकहरुको सहजता र समयको बचतका लागि यान्त्रिकरणका कार्यक्रममा जोड दिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलरको प्रयोग बढेको छ । 

एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनिटेलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झञ्जट हटेको मङ्गला गाउँपालिका–४ का किसान धनमाया रोकाले बताए । 

मिनिटेलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झञ्जट हटेको किसान नन्दकला सुनारले बताए । किसान जगत घर्तीले मिनिटेलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको र समयको बचत भएको बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ