२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारलाई सदनप्रति जवाफदेही बनाउन हामी निलम्वन हुनपनि तयार छौँ, विरोध निरन्तर हुन्छ : हर्क साम्पाङ

बुधवार , जेठ ६, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्वन हुनपनि तयार रहेको बताएका छन् । 

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफुहरु निलम्वन हुनपनि तयार रहेको बताएका हुन् । 

सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफुहरुको विरोध रहेको उनले बताए । उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे । 

सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगाएत आफुहरुका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ