२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद खनालले हुम्ला र बाजुरा जिल्लाको रानीसैन सीमा क्षेत्रको विवाद तत्काल समाधान गर्दै नागरिकको जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन् । 

उनले बाजुराको हिमाली गाउँपालिका साइपालको पूर्वी बेस क्याम्प हुनुका साथै जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले तस्करहरूले वर्षौँदेखि जडीबुटी र वन्यजन्तुको कर छलेर अवैध चोरी तस्करी गर्दै आएको खबर प्राप्त भएको उल्लेख गरे । त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा तस्करहरुलाई समस्या हुने भएकाले उनीहरुले चौकी राख्न पहल गर्ने वडा सदस्यसहितलाई कुटपिट गरेको हुनसक्ने उनले बताए ।

उनले स्थानीय तहको प्रवद्र्धन र पर्यटकीय प्रवद्र्धन काममा लाग्दा जनप्रतिनिधिहरुमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ