२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रियसभा बैठक : सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान

शुक्रवार , जेठ ८, २०८३

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म गम्भीर विषय उठान गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसद कृष्णबहादुर रोकायाले क्यान्सर रोगको उपचार गर्नका लागि औषधि व्यवस्थापनका लागि आग्रह गरे ।

सांसद रेणु चन्दले जडीबुटी र पर्यटनको प्रचुर सम्भावना भएको लामपाटा च्याचोर क्षेत्रमा सीमा विवादसम्बन्धी समस्या समाधानका लागि आग्रह गरिन् ।

सांसद मीनासिंह रखालले प्राकृतिक प्रकोपका कारण जनताले भोगेको समस्याबारे सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ