२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको छ : मन्त्री तिमिल्सिना

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री तिमिल्सिनाले डिजिटल पार्क, उच्च क्षमताका डाटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताएका हुन् । उनले गैरआवासीय नेपाली र डायस्पोराको सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले सहजीकरण गर्ने बताए । 

सञ्चारमन्त्री तिमिल्सिनाले दुर्गमदेखि सहरी क्षेत्रसम्म भरपर्दो, गुणस्तरीय र पहुँचयोग्य दूरसञ्चार सेवा विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताए । उनले उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारको कुनै मनसाय नरहेको उल्लेख गरे । 

बैठकमा समिति सदस्यहरुले सूचना प्रविधि क्षेत्रका लागि पर्याप्त नदेखिएको र कानुन संशोधन आवश्यक रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ