२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बन्यो : सुनिता ढंगोल

शनिवार , जेठ ९, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बन्न पुगेको बताएकी छन् ।

फेस्टिभलमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुबन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर महत्वपूर्ण र ऐतिहासिक बन्न पुगेको बताएकी हुन् । 

फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ बढेको उनले बताइन् । 

उनले  अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सिप र अनुभवको उपयोग र फिल्म महोत्सव मार्फत रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन महानगर उत्सुक रहेको धारणा राखिन् ।

फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा गएको आइतबार फ्रान्स प्रस्थान गरेकी डंगोलले, मेयर लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ