२०८३, श्रावण १ गते

शुक्रवार, श्रावण १ गते २०८३

दुर्गेश थापाको नयाँ गित ‘मास्टर्नी’ विवादमा, दुईअर्थी शब्दको प्रयोग

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । चर्चित गायक दुर्गेश थापाको नयाँ गित ‘मास्टर्नी’ विवादमा तानिएको छ । गायक दुर्गेशले मंगलबार आफ्नै युटुब च्यानलमार्फत सार्बजनिक गरेको उक्त गित दुईअर्थी शब्दका कारण विवादमा तानिएको हो । 

गितमा ‘म्याथ सिक्ने भए, सबलाई जित्ने भए, बेलका घरमा आए’ भनिएको छ । तर, उक्त शब्दलाई झट्ट सुन्दा गलत जस्तो सुनिन्छ । यो शब्दको भाव पनि गलत नै सुनिन्छ । यस कारण पनि अहिले यो गित विवादमा छ । 

यस गितबारे धेरै कलाकार, संगितकर्मीहरुले आ–आफ्नो प्रतिक्रियासमेत दिइरहेका छन् । साथै, दर्शकहरुले पनि सामाजिक सञ्जालमार्फत गितबारे आफ्नो धारणा राखिरहेका छन् । युटुबको कमेन्ट हेर्दा अधिकांश दर्शकले उक्त गितलाई ‘नकरात्मक’ प्रतिक्रिया दिएका छन् । 

यो गित भदौ ५ गतेबाट प्रदर्सनमा आउने तयारीमा रहेको अभिनेत्री प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ का लागि तयार पारिएको हो । सार्बजनिक गितमा अभिनेत्री कार्कीसँगै उनका श्रीमान आयुशमान जोशी, दुर्गेश थापा र अभिनेता आर्यन सिक्देलको पनि अभिनय रहेको छ । 

दुर्गेश पछिल्लोसमयका निकै चर्चित तथा लाकप्रिय गायक हुन् । उनका हरेक गित ‘सुपरहिट’ छन् । यसअघि उनको गित ‘दुस्मन हेरेको हेरेई’ नेपालसँगै विदेशमा पनि ‘सुपरहिट’ बनेको थियो । यसअघि पनि उनका धेरै गित विवादमा परेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट