२०८३, श्रावण १ गते

शुक्रवार, श्रावण १ गते २०८३

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

बिहिवार , आषाढ ३२, २०८३

 

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फर्कीएका छन् ।

 

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गरे । सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित थिए ।

 

भ्रमणका क्रममा उपराष्ट्रपति यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग भेटवार्ता गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गरेका थिए । उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट