२०८३, श्रावण २ गते

शनिवार, श्रावण २ गते २०८३

‘मास्टर्नी’ गीत विवादमा : आस्था राउतको आक्रोश – ‘पख, जनताले तिमीहरूलाई म्याथ सिकाउँछन्’

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । चर्चित गायिका आस्था राउतले गायक दुर्गेश थापाको नयाँ गीत ‘मास्टर्नी’ मा प्रयोग भएका शब्दप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले गीतका शब्दले शिक्षक समुदायको गम्भीर अपमान गरेको बताएकी हुन् । उनले लेखेकी छन्, पख ! तिमीहरूलाई जनताले म्याथ सिकाउँछन्, चाँडै ।’

राउतले शिक्षकलाई यौनिक प्रतीक (सेक्स सिम्बोल) का रूपमा चित्रण गर्ने, जसरी भए पनि चर्चा कमाउने उद्देश्यले यस्ता शब्द प्रयोग गरिएको आरोप लगाएकी छन् । उनले शिक्षक पेसाको गरिमामाथि प्रहार गर्ने सामग्रीलाई प्रोत्साहन गर्न नहुने पनि उल्लेख गरेकी छन् ।

यता, नेपाल शिक्षक महासङ्घले पनि आगामी भदौ ५ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवद्र्धनात्मक गीतमा प्रयोग भएका शब्दप्रति औपचारिक आपत्ति जनाएको छ ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा गीतका शब्द र भावले विशेषगरी महिला शिक्षकमाथि लाञ्छनापूर्ण तथा अपमानजनक सन्देश दिएको उल्लेख गरिएको छ । यस्तो प्रस्तुतीकरणले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर आघात पुर्याएको महासङ्घको भनाइ छ ।

महासङ्घले विवादित गीत तत्काल सार्वजनिक प्रसारणबाट हटाउन तथा चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग माग गरेको छ । साथै, शिक्षक समुदायको सम्मानमा आँच पुग्ने यस्ता सामग्री भविष्यमा नदोहोर्याउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट