म्याग्दी । म्याग्दी जेसिजले जिल्लाका चार युवा सम्मान प्रदान गरेको हो ।
संस्थाको २८ औ स्थापना दिवसको अवसरमा थालिएको जेसिज सप्ताहको उद्घाटन समारोहमा व्यक्तिगत, व्यवसाय, सामुदायिक सेवा र अन्तराष्ट्रिय क्षेत्र बिधाबाट एक–एक जनालाई सम्मान गरिएको हो ।
म्याग्दी जेसिजका महासचिव गोकुल सुनारले व्यक्तिगत बिधामा भलिबल खेलाडी, प्रशिक्षक र रेफ्रि मलिनकुमार रोका, व्यवसायमा होटल ब्यवसायी राजन लामा, सामुदायिक बिधामा एलिना पुर्जा पुन र अन्तराष्ट्रिय क्षेत्रबाट ‘कन्टेन त्रियटर’ बिबिधजंग थापालाई सम्मान गरिएको जानकारी दिए ।
१८ देखि ४० वर्ष उमेर समूहका समाजमा सकारात्मक प्रभाव पार्ने, नेतृत्वदायी भूमिका निर्वाह गर्ने तथा आफ्नो क्षेत्र मार्फत म्याग्दी जिल्लाको पहिचान स्थापित गर्न योगदान दिएका युवाहरुलाई सम्मान गरिएको उनले बताए ।
गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली, हरिबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, प्रहरी नायव उपरीक्षक राजन कार्की, म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्मा लगायतले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सन् १९९८ जेठ ९ गते स्थापना भएको म्याग्दी जेसिजले युवाहरुको क्षमता तथा नेतृत्व विकास, खेलकुद प्रतियोगिता सञ्चालन, संस्कृति संरक्षण, पर्यटन प्रर्वद्धन, विपद् ब्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस