२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार स्थापित गर्न प्रतिवद्ध छौँ : सांसदहरु

सोमवार , जेठ ११, २०८३

काठमाडौं । बिभिन्न दलका सांसदहरुले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार स्थापित गर्न प्रतिवद्ध रहेको बताएका छन् । 

नेपाल आदिवासी जनजाति महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले मुलुकको परिवर्तनमा आदिवासी जनजाति महत्वपूर्ण रहेको भन्दै उनीहरुले हक, अधिकार स्थापित गर्न प्रतिवद्ध रहेको बताएका हुन् । 

आदिवासी जनजातिहरूको हक, अधिकार, पहिचान, सम्मान तथा समान सहभागिताको सुनिश्चिता अपरिहार्य रहेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा कांग्रेस सचेतक निश्कल राईले आदिवासी जनजातिहरूको हक, अधिकारका लागि पार्टीले धेरै काम गरेको भन्दै आगामी दिनमा पनि अधिकार स्थापति गर्न लाग्ने प्रतिवद्धता जनाए । आदिवासी जनजातिको पहिचान र संस्कृतिलाई राज्यले बुझ्न नसकेको भन्दै उनले आदिवासी जनजाति नै क्रियाशिल हुनुपर्ने बताए । 

त्यस्तै एमालेका सांसद क्षितिज थेबेले संविधान संशोधनको बहस अघि बढिरहेकाले संशोधन गर्ने क्रममा आदिवासी जनजातिहरूको हक, अधिकारमा जोड दिने बताए । 

त्यस्तै अन्य दलका सांसदहरुले आदिवासी जनजातिहरूको हक, अधिकारसम्बन्धी महासंघको अडान जायज भएको भन्दै आदिवासी जनजातीको योगदानलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ