२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने

शुक्रवार , जेठ १५, २०८३

दमौली (तनहुँ) । सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गरे । मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक निर्माणका लागि गोरखातर्फबाट सडक निर्माण गर्ने योजना छ ।

यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ ।

मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत् गृहको पारिपट्टिसम्म थप सडकको रेखाङ्कन गरिएको मन्त्रालयले जनाएको छ ।

आँबुखैरेनीदेखि पोखरासम्म भने सडक निर्माण अन्तिम चरणमा छ । अर्थमन्त्री वाग्लेले आँबुखैरेनी पोखरा चार लेन सडक शीघ्र सम्पन्न गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ