२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रतिनिधिसभा निर्वाचनको परिणामबारे पार्टीभित्र गम्भीर रुपमा समिक्षा भइरहेको छ : माधव नेपाल

शनिवार , जेठ १६, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे पार्टीभित्र गम्भीर रुपमा समिक्षा भइरहेको बताएका छन् । 

अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाइ शनिबार काठमाडौंका सम्बोधन गर्दै सहसंयोजक नेपालले निर्वाचनमा सरकारी निकाय र पार्टीभित्रका निकायले खेलेको भूमिकाका बारेमा पार्टीभित्र गम्भीर रुपमा समिक्षा भइरहेको बताएका हुन् ।

सबै तर्फको रिपोर्ट आइसकेपनि पार्टीले निर्वाचन मूल्यांकनको आधार तयार गर्ने उनले बताए । नेपालले अहिले एक वर्षभित्र पालीकामा राम्रो काम गर्न सके आउने चुनावको निम्ति वातावरण अनुकूल बन्ने सक्ने उल्लेख गरे । 

उनले यसअघि बा प्रवृतिले कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै अब कुनै गल्तीकमजोरी नगरी कम्युनिष्ट एकतालाई बलियो बनाउने धारणा राखे । 

व्यक्ति केन्द्रित राजनीति र सामूहिकताको भावनाको अभावलाई हटाउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ