२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले ल्याएको बजेट गैर जिम्मेवार रहेको एमालेको निष्कर्ष

शनिवार , जेठ १६, २०८३

काठमाडौं । नेकपा (एमाले) ले सरकारले ल्याएको बजेट गैर जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । 

शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । दुई तिहाइ प्राप्त गरेको सरकारको मुलुकको रुपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए । 

उनले शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा पनि सरकारकाले प्रयाप्त ध्यान दिन नसकेको र बजेटको स्रोत सुनिश्चितता समेत भरपर्दो नरहेको उल्लेख गरे । बैठकले दुईवटै सदनको दुई तिहाइले संविधान संशोधन गर्न सकिने भाव सहितको संसद नियमावली अघि बढाउन खोजिएको भन्दै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको उनले बताए । 

बैठकले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनमा पार्टीको दृष्टिकोण आएपछि संसदीय दलले पनि त्यहि अनुसार धारणा बनाउने निर्णय गरेको महरले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ