२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै राष्ट्रियसभामा सांसदहरुको विरोध

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । 

सोमबार राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै बिभिन्न दलका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपति जनाउदै उठेर विरोध जनाएका थिए । 

उनीहरुले प्रधानमन्त्रीले सीमाका बिषयमा दिएको अभिव्यक्तिका बारे स्वयं उपस्थीत भएर जवाफ दिनुपर्ने मागेका थिए । 

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बिना सूचना प्रतिनिधिसभामा उपस्थीत भएर दिएको अभिव्यक्ति नियोजित भएको हुनसक्ने आशंका व्यक्त गरिन् । सीमामा रहेका नागरिकहरुले आफ्नो भूमि जोगाइरहेको अवस्थामा प्रधानमन्त्री नै नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति देशको हितमा नरहेको उनले बताइन् । 

देशको सीमाका बोरमा बोल्न नसक्ने प्रधानमन्त्रीले देशको राष्ट्रियता जोगाउन सक्ने भन्ने अपेक्षा नरहेको उनको भनाइ छ । 

राष्ट्रियसभाका प्राय सवै सदस्यहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ