२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसदमा देखिएको समस्या समाधान गर्न खोज्दा बिपक्षी दलको साथ भएन : सभामुख अर्याल

सोमवार , जेठ १८, २०८३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा देखिएको समस्या समाधान गर्न खोज्दा बिपक्षी दलको साथ नपाएको बताएका छन् । 

सोमबार बिपक्षी दलका सांसदहरुले सदनको कामकारवाही अघि बढाउन अवरोध गरेपछि सभामुख अर्यालले बिपक्षी दलका सदस्यहरुलाई पटक–पटक संवाद गर्नको लागि बोलाए पनि बिपक्षी दलबाट समय नपाएको बताए । उनले सभामुखको हैसियतले आफुले सम्वादलाई प्राथमिकता दिएपनि बिपक्षी दलबाट नजरअन्दाज भएपछि प्रक्रिया अनुसार नै अघि बढ्ने अवस्था आएको धारणा राखे । 

सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावली अनुसार नै अघि बढाइएको उल्लेख गरे । सभामुखको हैसियतले आफुले विधेयकमा आएका संशोधनहरुलाई निर्णयार्थमात्रै प्रस्तुत गर्न सक्ने भन्दै उनले स्वीकार गर्ने या अस्वीकृत गर्ने भन्ने सांसदहरुकै बिषय भएको बताए । सभामुख अर्यालले आफुले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेको समेत बताए ।

त्यस्तै उनले सदनमा विरोधको प्रतिष्पर्धा भन्दा पनि देश, राष्ट्र, राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गर्न सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ