२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हामी प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा छौँ : गुरु बराल

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले आफुहरु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताएका छन् । 

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठेरोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताएका हुन् । 

सीमाका बिषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ । त्यस्तै सांसद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा रहेका बेला जबरजस्त सदन चलाउने सभामुखको कदम उचित नभएको बताए । उनले सदन सञ्चालनका लागि जिम्मेवार बन्न सभामुखलाई सुझाव समेत दिए । 

बिपक्षीलाई पेलेर जवरजस्ती सदन चलाउन खोजे दुर्घटना हुने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ