काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिहरूका बैठक बहिष्कार गर्ने भएको छ ।
प्रधानमन्त्री बालेन शाहले संसदमा आएर माफी नमागुञ्जेल संसदसँगै संसदीय समितिहरूका बैठक पनि बहिष्कार गर्ने कांग्रेसले जनाएको छ ।
आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका थिए ।
त्यसपछि उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै कांग्रेस लगायत विपक्षी दलहरुले संसदमा अवरोध गरिरहेका छन् ।
त्यस्तै, सांसदलाई कानुनभन्दा माथि राख्नेगरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस