२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

विश्वकप फुटबलः जर्मनी विजयी : कुरासाओमाथि ७–१ को गोल वर्षा

सोमवार , आषाढ १, २०८३

काठमाडौँ  / फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुराकाओलाई पराजित गरेको छ । अमेरिकाको ह्युस्टन रङ्गशालामासम्पन्न  समूह ‘इ’को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुराकाओलाई ७–१ गोलअन्तरले पराजित गरेको हो । 

 

जर्मनीले पहिलो हाफमा तीन गोल र दोस्रो हाफमा चार गोल ग¥यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन  र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।

 

एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१औँ मिनेटमा कुराकाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता बनाए । जर्मनीका लागि मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । 

 

यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट