२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

‘देश बनाउने टोली’ पोस्टपछि उठ्यो चर्चा, प्रधानमन्त्री बालेनले भने–‘म बिदामा जिस्किन्छु ’

सोमवार , आषाढ १, २०८३

 काठमाडौ  / प्राय शनिबार मात्रै सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका प्रधानमन्त्री बालेन्द्र शाहाले आइतबार नै सामाजिक सञ्जालमा दुइ पोष्ट गरेका छन् । आइतबार पनि सार्वजनिक बिदा भएपछि प्रधानमन्त्री शाहाले साँझपख सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सुरुमा गृहमन्त्री सुधन गुरुङ र भौतिक पुर्वाधार मन्त्री सुनिल लम्सालसँगै आफ्नो तस्विर राखेर ‘ देश बनाउने टोली ’ भनेर पोष्ट गरेपछि चर्चा सुरु भएको थियो ।

आइतबार साँझ शाहले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग खिचिएको तस्वीर सामाजिक सञ्जालमा साझा गर्दै ‘देश बनाउने टोली’ भन्ने क्याप्सन लेखेका थिए । उक्त पोस्टपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको थियो ।केही प्रयोगकर्ताले क्याबिनेटका अन्य सदस्यलाई बेवास्ता गरिएको अथवा हेपिएको आशय व्यक्त गर्दै आलोचना गरेका थिए । 

 

1000081889.jpg

यसै विषयमा प्रतिक्रिया जनाउँदै शाहले आफ्नो पोस्टलाई गम्भीर राजनीतिक सन्देशका रूपमा नभई सामान्य ठट्टाका रूपमा बुझ्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन। दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु । ’

प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत दुईवटा पोस्ट सार्वजनिक गरेका थिए। तीमध्ये ‘देश बनाउने टोली’ लेखिएको तस्वीरले विशेष चर्चा पाएको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट