२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

कांग्रेस उपसभापति शर्माले भने– प्रधानमन्त्री ज्यु मन्त्रीहरुको बोलीमा लगाम लगाउनुहोस

भौतिक मन्त्रीको ठेकेदारको खुट्टा भाँचिदिने धम्की प्रकरण

सोमवार , आषाढ १, २०८३

काठमाडौ / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहालाई आफ्ना मन्त्रीहरूको अभिव्यक्तिमा संयम अपनाउन सुझाव दिएका छन्। शर्माले भनेकाम छन्– ‘प्रधानमन्त्री ज्यु आफ्ना मन्त्रीहरुको बोलीमा लगाम लगाउनुहोस ।’

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल ले सडक अनुगमनका क्रममा काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँचिदिनुपर्ने जस्ता विवादास्पद अभिव्यक्ति दिएको प्रसंगपछि उपसभापति शर्माले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उपसभापति शर्माले प्रधानमन्त्री शाहको विगतका निर्वाचनकालीन अभिव्यक्तिहरूलाई पनि स्मरण गराएका छन्। त्यसबेला शाहले काम नगर्ने ठेकेदारलाई रुखमा बाँध्नुपर्ने जस्ता अभिव्यक्ति दिएका थिए ।

शर्माले पछिल्ला केही घटनाहरू—सिराहामा विद्यार्थीको मोबाइल पानीमा फालिएको घटना तथा सुदूरपश्चिममा टेम्पो भिरबाट खसालिएको घटना—उदाहरण दिँदै समाजमा देखिँदै गएको असंवेदनशील व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन्। उनले यस्ता घटनाले सामाजिक मर्यादा र जिम्मेवार अभिव्यक्तिको आवश्यकता झनै बढाएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट