२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

विकासमा जोड,प्रशासनमा सुधार : मधेशले ल्यायो ४१ अर्ब १३ करोडको बजेट (पूर्णपाठ)

सोमवार , आषाढ १, २०८३

जनकपुरधाम / मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै खर्च संरचना, नयाँ कार्यक्रम तथा प्राथमिकताहरू सार्वजनिक गरेका हुन् ।

बजेटमा चालु खर्च ३५.५४ प्रतिशत र पूँजीगत खर्च ६३.३५ प्रतिशत रहने उल्लेख गरिएको छ। सरकारका अनुसार यस वर्ष पूँजीगत खर्चलाई प्राथमिकतामा राखिएको छ ।


मधेश प्रदेश बजेट २०८२/८३ — प्रमुख कार्यक्रमहरू (हाइलाइट्स)

बजेट संरचना

कुल बजेटः ४१ अर्ब १३ करोड रुपैयाँ
चालु खर्चः ३५.५४%
पूँजीगत खर्चः ६३.३५% (विकासमा प्राथमिकता)

कर्मचारी तथा प्रशासन सुधार

कर्मचारी तलबमा १०% वृद्धि
कार्यसम्पादनको आधारमा थप १०% प्रोत्साहन
सेवा प्रवाह ढिलो भए सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था
सरकारी सेवा सुधारका लागि टोल–फ्री “हेल्लो सीएम” र “हेल्लो मुख्यमन्त्री” सेवा

रोजगारी तथा युवा कार्यक्रम

१८–३५ वर्ष उमेर समूहका युवाका लागि १०० दिने रोजगारी कार्यक्रम
युवा लक्षित स्वरोजगार तथा उद्यम विकास कार्यक्रम विस्तार

महिला तथा सामाजिक सशक्तीकरण

“मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम” सञ्चालन
“शिक्षित छोरी, शिक्षित मधेश” कार्यक्रम
“उद्यमशील नारी, समृद्ध मधेश” कार्यक्रम

नीति तथा योजना सुधार

करोडभन्दा कमका साना योजनामा बजेट विनियोजन नगर्ने नीति
ठूलो र प्रभावकारी आयोजनामा मात्र लगानी केन्द्रित गर्ने

WhatsApp Image 2026-06-15 at 16.04.50.jpeg

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट