२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

कञ्चनपुरका स्थानीय तहद्वारा नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक, नियम मिचे कडा कारबाही

मंगलवार , आषाढ २, २०८३

कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक लगाएका छन् ।
 
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ (संशोधन २०७९) को दफा ४ उपदफा (१६) बमोजिम हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले उक्त कार्यमा रोक लगाएका हुन् ।

सोही व्यवस्था कार्यान्वयन गर्दै भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सबै नदी, खोला तथा नालाबाट नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, ढुवानी र निकासी कार्य बन्द गरेका छन् ।

वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण, सम्भावित बाढी तथा डुबानको जोखिम न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।
 
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले कानुनी व्यवस्थाअनुसार नगरपालिका क्षेत्रभित्रका महाकालीसहित सबै नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक लगाएको बताए ।

“यस अवधिमा कुनै पनि व्यक्ति वा कम्पनीले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन वा ओसारपसार गर्न पाउँदैनन्”, उनले भने, “यस सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई जानकारी गराइसकिएको छ ।” उनका अनुसार वर्षायाम सुरु भएसँगै उत्खनन रोक्ने व्यवस्था लागू गरिएकाले नदीजन्य स्रोतको संरक्षण, नदीको प्राकृतिक स्वरूप कायम राख्न तथा बाढीजन्य जोखिम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै, बेदकोट नगरपालिकाले पनि सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट कुनै पनि प्रकारका नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी तथा बिक्री वितरण गर्न नपाइने जनाएको छ । जारी सूचनामा उक्त अवधिभित्र कानुनविपरीत नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी वा बिक्री वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।

बर्सेनि वर्षायाममा लागू हुने यो व्यवस्थाले नदी तथा जलाधार क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न र प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।  १० निकायको बजेटमाथि छलफल हुने, खर्च कटौतीको प्रस्ताव पेस गरिँदै 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायको बजेटमाथि छलफल जारी रहने कार्यसूची रहेको छ।

आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि एकीकृत रूपमा छलफल हुने छ।

छलफलका क्रममा विभिन्न सांसदहरूले मन्त्रालयहरूको खर्च रकम घटाउने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् । सांसद गुरु प्रसाद बराल, रमेश कुमार मल्ल, विष्णुमाया विक, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले सम्बन्धित मन्त्रालयहरूको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौती प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको तथा परशुराम तामाङले अर्थ मन्त्रालयको खर्च रकम घटाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकको अन्त्यमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य मंगलप्रसाद गुप्ताको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट