२०८३, आषाढ २ गते

मंगलवार, आषाढ २ गते २०८३

विश्वकप फुटबलः दुईपटकको अग्रता जोगाउन नसक्दा इरानसँग रोकियो न्यूजिल्यान्ड

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जी’ को निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा न्यूजिल्यान्ड र इरानले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको लस एन्जलस स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा न्यूजिल्यान्डले दुई–दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा स्पष्ट ३ अंक जोड्नबाट चुक्यो ।

खेलको सुरुदेखि नै दुवै टोलीले निकै आक्रामक र तीव्र गतिको खेल प्रस्तुत गरेका थिए । न्यूजिल्यान्डले इरानको रक्षापंक्तिलाई दबाबमा राख्दै दुई पटक खेलमा अग्रता बनाएको थियो । तर, हरेक पटक इरानले उत्कृष्ट पुनरागमन गर्दै न्यूजिल्यान्डको अग्रतालाई निस्तेज पारिदियो र खेल २–२ को बराबरीमा ल्याउन सफल भयो ।

यो बराबरीसँगै विश्वकपको समूह ‘जी’ को समीकरण निकै रोचक र खुला बनेको छ। मंगलबार बिहानै भएको यसै समूहको उद्घाटन खेलमा उपाधि दाबेदार बेल्जियम र इजिप्ट पनि १–१ गोलको बराबरीमा रोकिएका थिए ।

पहिलो चरणका खेलहरू सकिँदासम्म समूह ‘जी’ का चारै टोली (बेल्जियम, इजिप्ट, न्यूजिल्यान्ड र इरान) ले समान एक–एक अंक जोडेका छन् । सबै टोलीको गोलअन्तर र अंक बराबर भएपछि अब आगामी खेलहरू झनै रोमाञ्चक र निर्णायक हुने देखिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट