२०८३, आषाढ २ गते

मंगलवार, आषाढ २ गते २०८३

लेमन ट्री होटलमा पञ्जाबी स्वादको उत्सव : जुन १२ देखि २१ सम्म विशेष फुड फेस्टिभल

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । राजधानीको पाँचतारे होटल लेमन ट्री प्रिमियरले पञ्जाबी खानाका पारखीहरूका लागि विशेष ‘पञ्जाबी फुड फेस्टिभल’ आयोजना गरेको छ। जुन १२ देखि २१ सम्म सञ्चालन हुने फेस्टिभलमा भारतका अनुभवी पञ्जाबी शेफहरूले नै मौलिक शैलीमा विभिन्न परिकार तयार गरिरहेका छन्।

फेस्टिभलमा पञ्जाबको परम्परागत स्वाद झल्किने दाल मखनी, बटर चिकेन, अमृतसरी फिस, तन्दुरी परिकार, साग, मक्की दी रोटी लगायतका विशेष व्यञ्जन समेटिएका छन्। परिकार तयार पार्न प्रयोग गरिएका मसला, पकाउने विधि र प्रस्तुतीकरणमा समेत पञ्जाबी संस्कृतिको मौलिकता झल्किने होटलले जनाएको छ।

WhatsApp Image 2026-06-16 at 6.08.17 PM (2).jpeg

होटल व्यवस्थापनका अनुसार नेपाली तथा विदेशी पाहुनालाई पञ्जाबको वास्तविक स्वाद र आतिथ्य अनुभव गराउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो। यही कारण भारतबाट आएका पञ्जाबी शेफहरूलाई नै परिकार तयारीको जिम्मेवारी दिइएको छ।

काठमाडौंमा अन्तर्राष्ट्रिय खानाप्रतिको आकर्षण बढिरहेका बेला लेमन ट्रीले आयोजना गरेको यो फुड फेस्टिभल खानाका पारखीमाझ विशेष आकर्षणको केन्द्र बनेको छ। स्वाद, संस्कृति र आतिथ्यको संगमका रूपमा रहेको फेस्टिभलमा सहभागीहरूले पञ्जाबको मौलिक पाक परम्पराको अनुभव लिन सक्नेछन्।

WhatsApp Image 2026-06-16 at 6.08.17 PM (1).jpeg

होटलका अनुसार सीमित अवधिका लागि सञ्चालन हुने यो फेस्टिभलले सुरुदेखि नै उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। पञ्जाबी खानाको वास्तविक स्वाद खोज्नेहरूका लागि लेमन ट्री होटल आगामी जुन २१ सम्म विशेष गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026-06-16 at 6.08.17 PM.jpeg
WhatsApp Image 2026-06-16 at 6.08.16 PM.jpeg
WhatsApp Image 2026-06-16 at 6.08.15 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट