२०८३, आषाढ २ गते

मंगलवार, आषाढ २ गते २०८३

उपत्यकामा २४ घण्टामा २२ सयभन्दा बढी सवारीचालक कारबाहीमा, २१ लाख ८६ हजार राजस्व संकलन

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
 
त्यसबाट राज्यकोषमा रु २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेका ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ९९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन चलाउने १४७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १०८, निषेधित क्षेत्रमा हर्न बजाउने ११५, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ९८ र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४२१ जनालाई कारबाही गरिएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट