२०८३, आषाढ २ गते

मंगलवार, आषाढ २ गते २०८३

नेपालको दुई निजी स्वास्थ्य संस्था बंगलादेशमा सम्मानित :

पूर्णायु आयुर्वेद हस्पिटल र चिरायु डेन्टकेयरलाई ग्लोबल एक्सिलेन्स अवार्ड

मंगलवार , आषाढ २, २०८३

काठमाडौँ । नेपालका निजी क्षेत्रका दुई वटा संस्था बंगलादेशमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । आयुर्वेदिक चिकित्सा क्षेत्रमा सक्रिय पूर्णायु आयुर्वेद हस्पिटललाई ग्लोबल एक्सिलेन्स हेल्थकेयर एन्ड आयुर्वेदिक लिडरसिप सम्मान र दन्त स्वास्थ्यसम्बन्धी अग्रणी संस्था चिरायु डेन्टकेयरलाई ‘ग्लोबल एक्सिलेन्स बेस्ट डेन्टल सम्मान प्राप्त गरिएको हो ।

बंगलादेशको राजधानी ढाकामा आयोजित अन्तर्राष्ट्रिय सम्मान समारोहमा उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको हो । यससँगै पूर्णायु आयुर्वेद हस्पिटल र चिरायु डेन्टकेयरले अन्तर्राष्ट्रिय मञ्चमा पनि उपस्थिति जनाएका छन् । पूर्णायु आयुर्वेद हस्पिटलका प्रबन्ध निर्देशक पर्शुराम चौहान (प्रल्हाद) ले आयुर्वेदिक उपचार, सेवा र समर्पणको पहिचान स्थापित गरेका कारण सम्मान प्राप्त भएको बताएका छन् ।

‘तेस्रो ग्लोबल एक्सिलेन्स अनर २०२६’ मा सम्मान प्राप्त गरेपछि चिरायु डेन्टकेयरका प्रबन्ध निर्देशक सागर जोशीले आधुनिक प्रविधिको उच्चतम् प्रयोग र सेवाको गुणस्तरमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरुप प्राप्त भएको बताएका छन् । ‘चिरायु डेन्टकेयरले स्थापनाकालदेखि नै विश्वस्तरीय र आधुनिक प्रविधिमा आधारित उपचार सेवा प्रदान गर्दै आएको छ । अनुभवी विशेषज्ञ चिकित्सक र सेवाग्राहीमैत्री उपचार पद्धति नै यस संस्थाको सफलताको सूत्र हो,’ जोशीले भने ।

प्रबन्ध निर्देशक जोशीले चिरायु डेन्टकेयरसँगै नेपाली दन्त स्वास्थ्य क्षेत्रकै लागि प्रेरणा र पहिचानका रुपमा यस सम्मानलाई लिएको बताए । उनले नेपालका विभिन्न स्थानमा स्वास्थ्य शिविर, दाँत र मुखको स्वास्थ्यबारे जानकारीसहित सम्पूर्ण सेवाका सन्दर्भमा काम गरिरहेको र यो कार्यलाई अझै विस्तार गर्ने जानकारी दिएका छन् ।

जोशीले ग्रामीण तथा सहरी क्षेत्रमा नियमित रूपमा निःशुल्क दन्त शिविर सञ्चालन गरिरहेको, सर्वसाधारणमा मुखको स्वास्थ्य र सरसफाइबारे चेतनामूलक अभियान चलाउँदै आएको, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य पहुँच नभएका समुदायलाई विशेष प्राथमिकता दिँदै आएको बताए । 

‘यही बहुआयामिक योगदानका कारण संस्थाले अन्तर्राष्ट्रिय जुरीको ध्यान आकर्षित गर्न सफल भएको हो । यो सम्मानले नेपालको दन्त चिकित्साका सन्दर्भमा दक्षिण एशियाली बजारका स्थापित संस्थासँग प्रतिस्पर्धा गर्न रहेको प्रमाणित भएको छ,’ जोशीले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट