२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

मन्त्रीहरूको उपस्थिति न्यून भएपछि संसद् बैठक स्थगित

मंगलवार , आषाढ २, २०८३

प्रतिनिधि सभाको बैठकमा संघीय सरकारका मन्त्रीहरूको उपस्थिति न्यून भएपछि बैठक स्थगित गरिएको छ।

मंगलबार बसेको बैठकमा नौ वटा मन्त्रालयको बजेटमाथि छलफल भइरहेको थियो। छलफलका क्रममा सांसद गोपाल शर्माले नियमापत्ति जनाएका थिए।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए। सांसद शर्माले प्रतिनिधि सभा नियमावलीको नियम ६ को उपनियम ५ अनुसार मन्त्रालयसम्बन्धी छलफल हुँदा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था रहेको उल्लेख गरे।

तर बैठकमा तीन जना मन्त्री मात्र उपस्थित रहेको उनले बताए। मंगलबारको बैठकमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ मात्रै उपस्थित थिए।

“सरकारले लगातार संसद्लाई बेवास्ता गर्नु हुँदैन। नियमावलीअनुसार सदन सञ्चालन गरियोस्,” सांसद शर्माले भने। उनले सम्बन्धित मन्त्रीलाई उपस्थित गराउन रुलिङको माग पनि गरे।

त्यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

 
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट