२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

रास्वपा प्रथम महाधिवेशन

कर्णाली रास्वपामा पुरानै नेतृत्व कायम : खड्का फेरि सभापति निर्वाचीत

बुधवार , आषाढ ३, २०८३

 सुर्खेत /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सुर्खेतका मदन खड्का पुनः प्रदेश सभापतिमा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न मतदानमा खड्काले २८८ मत प्राप्त गर्दै  विजय भएका थिए । उनका निकटतम प्रतिस्पर्धी स्नेहा उपाध्यायले ६३ मत तथा नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे ।

खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा रहेका थिए । पार्टीभित्र देखिएको आन्तरिक विवाद र संगठनात्मक चुनौतीका बीच सम्पन्न अधिवेशनबाट उनी पुनः नेतृत्वमा चयन भएका हुन् ।

1000082199.jpg

अधिवेशनमा ५३० प्रतिनिधि सहभागी भएकामा ४०० जनाले मतदानमा भाग लिएका थिए । आइतबारदेखि सुरु भएको अधिवेशनमा सोमबार साँझसम्म नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरिएको थियो । तर सहमति जुट्न नसकेपछि मंगलबार मतदानमार्फत नेतृत्व चयन गरिएको रास्वपाले जानकारी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट