२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

प्रतिनिधिसभा बैठक आज बस्दै, मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा युवा तथा खेलकुद, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकमाथि उठेका जिज्ञासाको जवाफ दिइनेछ ।

त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको पनि सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण दिनेछन् ।

संसद् सचिवालयका अनुसार विनियोजन विधेयकमाथिको छलफललाई निष्कर्षमा पुर्‍याउने तयारीस्वरूप आजको बैठकमा मन्त्रालयगत जवाफ प्रस्तुत गरिनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट