२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बुधवार , आषाढ १०, २०८३

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

केन्द्रीय बैंकले ७९ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज बुधबार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् ।

उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन, तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न पाइने व्यवस्था गरिएको छ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ । यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ भदौ २६ गते हुनेछ ।

खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।


यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।  

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट