२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपाको महामन्त्रीमा प्रमोद न्यौपानेको दाबेदारी : ‘लो प्रोफाइल’ नेताप्रति प्रतिनिधिको भरोसा

शुक्रवार , आषाढ १२, २०८३

 चितवन  / चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व सञ्चारकर्मी तथा पार्टी नेता प्रमोद न्यौपानेले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।

रास्वपा सभापति रवि लामिछाने का विश्वासपात्र मानिने न्यौपानेले पार्टी संकटमा रहेका बेला लामिछानेको साथ दिएका नेताका रूपमा परिचित छन्। उनी प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाको समानुपातिक बन्द सूचीमा दोस्रो नम्बरमा रहेका भए पनि पार्टीलाई आवश्यक परेको भन्दै सांसद बन्ने अवसर त्यागेका थिए।

सरकारी नियुक्तिका विभिन्न प्रस्ताव आए पनि उनले कुनै पद स्वीकार नगरी पार्टीको साधारण सदस्यकै रूपमा रहेर योगदान गर्ने अडान लिएका थिए। पार्टीभित्र लामो समयदेखि अपेक्षाकृत ‘लो प्रोफाइल’ मा रहेर संगठन निर्माणमा सक्रिय न्यौपाने अहिले महामन्त्री पदका बलिया दाबेदारका रूपमा हेरिएका छन्।

महाधिवेशन प्रतिनिधि जेपी सिलवाल का अनुसार लामिछाने निकट मानिएका कविन्द्र बर्लाकोटी र शिशीर खनाल प्रतिस्पर्धाबाट पछि हटेपछि न्यौपानेको सम्भावना थप बलियो बनेको छ। सिलवालले महाधिवेशन प्रतिनिधिमाझ न्यौपानेप्रति सकारात्मक धारणा रहेको दाबी गरे।

उता, न्यौपानेले विवेकको प्रयोग गर्दै पार्टीभित्र सार्थक सहकार्य र संगठनात्मक सुदृढीकरणको उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूमाझ उनको उम्मेदवारीलाई संगठनप्रति निरन्तर समर्पण र निष्ठाको प्रतिफलका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट