२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सिजीको प्रतियोगितामा नुवाकोटका श्याम रिजाल विजयी

शुक्रवार , आषाढ १२, २०८३

नेपालको अग्रणी विद्युतीय उपकरण उत्पादक सिजीले सञ्चालन गरेको ‘क्यान यू सोल्भ द पजल ?’ नामक विशेष प्रतियोगिताको विजेता घोषणा गरिएको छ।

ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने र उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस प्रतियोगितामा नुवाकोट निवासी श्याम रिजाल विजेता बनेका छन् ।


देशभरका ग्राहकहरूको उत्साहजनक र व्यापक सहभागिता रहेको यस रोमाञ्चक प्रतियोगिताको नतिजा हालै सार्वजनिक गरिएको हो ।

विजेता श्याम रिजाललाई सानेपास्थित सिजीको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच पुरस्कार हस्तान्तरण गरिएको छ।

कम्पनीका बिक्री प्रबन्धक बद्रीनाथ रायले उनलाई आकर्षक उपहार स्वरूप गर्मी मौसमका लागि अत्यन्तै उपयोगी र उत्कृष्ट ‘सिजी ब्रिजर २२’ एयर कूलर प्रदान गरे ।

यस प्रतियोगितामा ग्राहकहरूबाट प्राप्त अपार सहभागिताले सिजीका उत्पादनप्रतिको माया र विश्वासलाई पुन: पुष्टि गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनहरूमा पनि आफ्ना उपभोक्ताहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै उनीहरूसँग जोडिन र खुसी साट्न यस्तै खालका रोचक र आकर्षक प्रतियोगिताहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिजीका विभिन्न उत्कृष्ट घरायसी उपकरणहरू देशभर रहेका २१ वटा आधुनिक बिक्री केन्द्रहरू, कम्पनीका आधिकारिक अनलाइन पोर्टलहरू तथा देशभरका आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने जानकारी समेत दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट