२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

राष्ट्रिय सभागृहमा जुट्दै शीर्ष कम्युनिष्ट नेता, एउटै मञ्चमा ओलीदेखि प्रचण्डसम्म

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन् । मदन भण्डारी फाउण्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा प्रमुख नेताहरू उपस्थिति हुन लागेको हो ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ। गोष्ठीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

संसदका फरक–फरक धार र गठबन्धनमा रहेका शीर्ष कम्युनिष्ट नेताहरू एउटै मञ्चबाट प्रस्तुत हुन लागेकाले यस कार्यक्रमलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी, गत असार १२ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले ‘समाजवादी मोर्चामा रहेका शक्तिहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य हुन सक्ने’ सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट