काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार आजको बैठकका लागि आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय गर्नेसहित कुल १२ वटा कार्यसूची तय गरिएको छ ।
बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभामुखले सभामा सुनाउनेछन् । त्यसपछि प्रधानमन्त्रीका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा कानुनी र वित्तीय सुशासनका दृष्टिले निकै महत्त्वपूर्ण मानिएका ४ वटा संशोधन विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस