२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया समूह विजेता, तीन टोली नकआउटमा

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को रोमाञ्चक भिडन्तमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा अंक बाँडेसँगै कोलम्बियाले समूहको शीर्ष स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलभर कोलम्बियाले ५० प्रतिशतभन्दा बढी बल पोजिसन आफ्नो नियन्त्रणमा राख्दै दबाब बनाए पनि पोर्चुगलको रक्षापंक्ति तोड्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा कोलम्बियाले बललाई जाली चुमाए पनि उक्त गोललाई रेफ्रीले अफसाइड ठहर गरिदिएपछि खेल गोलरहित बराबरीमै टुंगिएको थियो ।

यस बराबरीसँगै ३ खेलबाट ७ अंक जोडेको कोलम्बिया समूह विजेता बन्यो । समान खेलबाट ५ अंक बनाएको पोर्चुगल उपविजेतामा सीमित भयो । यस्तै, ४ अंक जोडेको डीआर कंगोले तेस्रो स्थान हासिल गर्दै उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटको टिकट काट्न सफल भयो । यो समूहबाट उज्वेकिस्तान भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

नकआउट चरणको समीकरण अनुसार अब समूह विजेता कोलम्बियाले घानाको सामना गर्नेछ भने उपविजेता पोर्चुगलले बलियो टोली क्रोएसियाको चुनौतीको सामना गर्नुपर्नेछ । तेस्रो स्थानमा रहँदै भाग्यमानी बनेको डीआर कंगोको प्रतिद्वन्द्वी भने खेल तालिकानुसार अझै तय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट