२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

२ गोलले पछि परेको बेल्जियमको अविश्वसनीय पुनरागमन, सेनेगललाई ३–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । दुई गोलले पछि परेको स्थितिबाट सनसनीपूर्ण पुनरागमन गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको सिएटलमा सम्पन्न अत्यन्तै रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्दै बेल्जियमले नकआउट चरणको यात्रा सुरक्षित गरेको हो ।

खेलको ८५औं मिनेटसम्म २–० को सहज अग्रताका साथ जिततर्फ अघि बढेको सेनेगलले अन्तिम समयमा लय गुमाउँदा विश्वकपबाट बाहिरिनु परेको छ । बेल्जियमले निर्धारित समयको अन्तिम पाँच मिनेटमा दुई गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो भने अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै इतिहास रच्यो ।

खेलको सुरुआतदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको सेनेगलले २४औं मिनेटमा हबीब डायराको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुवातमै अर्थात् ५१औं मिनेटमा इस्माइला सारले गोल गरेपछि सेनेगलले २–० को बलियो अग्रता बनाउँदै बेल्जियममाथि दबाब बढाएको थियो ।

८५ मिनेटसम्म निरिह देखिएको बेल्जियमका लागि ८६औं मिनेटमा स्टार स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै पुनरागमनको ढोका खोलेका थिए । त्यसको ठीक तीन मिनेटपछि (८९औं मिनेटमा) कप्तान युरी थिलेमन्सले उत्कृष्ट गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए र खेल अतिरिक्त समयतर्फ धकेलियो ।

अतिरिक्त समयको पनि अन्तिम मिनेट (१२५औं मिनेट) मा सेनेगलका लामिन क्यामाराले पेनाल्टी बक्सभित्र फाउल गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा बेल्जियमलाई पेनाल्टी प्रदान गरेका थिए ।

उक्त सुनौलो अवसरलाई कप्तान थिलेमन्सले सदुपयोग गर्दै टोलीलाई ३–२ को अविश्वसनीय जित दिलाए । थिलेमन्सले १२५औं मिनेटमा गरेको यो गोल फिफा विश्वकप इतिहासकै सबैभन्दा ढिलो गोलका रूपमा समेत दर्ता भएको छ ।

यो जितसँगै बेल्जियमले विश्वकप इतिहासकै सबैभन्दा स्मरणीय र सनसनीपूर्ण पुनरागमनमध्ये एक आफ्नो नाममा लेखाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट