२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

आत्मदाह प्रयास गरेका सर्लाहीका ३४ वर्षीय मण्डलको उपचारका क्रममा निधन

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ । असार २५ गते शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति करिब २ बजे निधन भएको हो ।

प्रहरीका अनुसार मण्डलले गत बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर अचानक आफ्नो शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए । शरीरमा आगो सल्किएर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा प्रारम्भिक उपचार गरिएको थियो ।

मलंगवामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि गत शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उनको शरीरको अधिकांश भाग जलेकाले अवस्था निकै गम्भीर रहेको चिकित्सकहरूले जनाएका थिए ।

मण्डलले के कति कारणले आत्मदाहको बाटो रोजे भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको कारणबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।

पछिल्लो समय मुलुकमा आत्मदाहका घटनाहरू बढ्दै गएका छन् । यसअघि पनि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपाली र आश्विन राउतको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट