२०८३, आषाढ ३१ गते

बुधवार, आषाढ ३१ गते २०८३

अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौँ। अर्बिट समूहले नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) सहितको वैधानिक पीटीई सेवा सञ्चालनमा ल्याएको छ। शैक्षिक प्रविधि कम्पनी अप्लाई बोर्डसँगको सहकार्यमा समूहले मंगलबारदेखि उक्त सेवा सुरु गरेको हो।

समूहका प्रबन्ध निर्देशक सुनील रेग्मीले नेपाल सरकारको प्रचलित कर कानुनअनुसार भ्याट बिल जारी गरी पीटीई भौचर उपलब्ध गराउने अधिकार प्राप्त आधिकारिक वितरक अर्बिट रहेको बताए। उनका अनुसार अर्बिटले जारी गर्ने भ्याट बिलमार्फत ग्राहकले वैधानिक रूपमा पीटीई परीक्षा शुल्क तिर्न सक्नेछन्।

  
समूहका अनुसार अर्बिटबाट जारी हुने कर बिजकमा २५ अक्षरको भौचर कोड समावेश गरिएको छ, जसबाट कारोबारलाई पारदर्शी र कानुनी दायराभित्र ल्याउने उद्देश्य राखिएको छ। हाल बजारमा प्रयोग भइरहेका अधिकांश ८ अक्षरका भौचर भ्याट बिलविनाका रहेको र त्यस्ता अनधिकृत कारोबारका कारण सेवाग्राही भविष्यमा कानुनी अनुसन्धानको दायरामा पर्न सक्ने जोखिम रहेको समूहको दाबी छ।

  
समूहले केही समयअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी सरोकारवाला निकायबीच भएको छलफलमा पीटीईलगायतका अनधिकृत कारोबारको विषय पनि उठेको उल्लेख गरेको छ।

  
समूहका अनुसार नेपालबाट पीटीई परीक्षा शुल्कका रूपमा वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिने गरेको अनुमान छ। तर परीक्षा सञ्चालन गर्ने संस्था नेपालमा दर्ता नभएका कारण यो कारोबार करको दायराबाहिर रहँदा राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको दाबी गरिएको छ।

  
वैधानिक सेवा सुरु गरेको अवसरमा अर्बिट समूहले विशेष छुट योजना पनि सार्वजनिक गरेको छ। एकैपटक २० वा सोभन्दा बढी पीटीई भौचर खरिद गर्ने ग्राहकका लागि भ्याटसहित प्रतिभौचर ३० हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने खुद्रा मूल्य ३१ हजार २ सय रुपैयाँ तोकिएको छ। साथै अर्बिटको पीटीई पोर्टलमार्फत दर्ता गर्दा प्रत्येक ३१औँ भौचरमा १० हजार रुपैयाँ छुट प्रदान गरिने समूहले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट